बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदालाई भ्रष्टाचार मुद्दामा जेल सजाय


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ २५, २०७४

  • ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी ७२ वर्षीया नेतृ बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाईएको छ । त्यहाँको विशेष अदालतले पाँच वर्षको कारावास सजाय सुनाएको हो ।

    खालिदामाथी करोड रकम भन्दा बढी भ्रष्टाचार गरेको हुन सक्ने आरोपमा उक्त सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अनाथालय ट्रष्टको लागि विदेशबाट चन्दाका रुपमा आएको उक्त पैसा हिनामिना गरेको आरोप लागेपछि अदालतले जेलसजाय सुनाएको हो । सोही मुद्दामा नेतृ बेगमसँगै उनका छोरा तारिख रहमान र थप व्यक्तिहरुलाई पनि १० वर्षको सजाय सुनाइएको छ ।

    खालिदाले उक्त आरोपविरुद्ध सन् २०१४ नोभेम्बरमा रिट दायर गरेकि थिइन् । अदालतले उनको रिट निवेदन खारेज गर्दै तल्लो तहको अदालत पठाएको थियो । उच्च अदालतले तल्लो तहको अदालतको फैसला सदर गरेको थियो । तल्लो तहको अदालतले सन् २०१४ को मार्च १९ मा खालिदालाई भ्रष्टाचारमा दोषी ठहर्‍याएको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण आयोगले मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार