एल क्लासिको : रियललाई शीर्ष स्थानमा उक्लने मौका


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बहु प्रतीक्षित एल क्लासिको आइतबार राति हुँदैछ । रियल मड्रिको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

    आजको खेलमा जित निकाल्ने टोलीले शीर्ष स्थानमा आफूलाई स्थापित गर्नेछ । बार्सिलोनालाई शीर्ष स्थान कायम राख्‍न बराबरी भए पनि पुग्‍ने छ । तर, रियललाई शीर्ष स्थानमा पुग्‍न जित्‍नै पर्ने दबाब छ । रियल मड्रिडसँग प्रतिस्पर्धा गर्न मैदान उत्रँदा बार्सिलोना शीर्ष स्थानको टोलीको रुपमा रहनेछ ।

    २५ खेल खेलेको बार्सिलोना ५५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रियल ५३ अंक सहित दोस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्दै रियललाई प्रतियोगिताको शीर्ष स्थानमा उक्लने मौका छ ।

    उता बार्सिलोना रियललाई हराउँदै तालिकाको शीर्ष कायम राख्‍ने योजनामा छ । रियल स्टार खेलाडी इडेन हजार्ड बिनानै मैदान उत्रने छ । पछिल्लो समय कमजोर प्रदर्शन गर्दै आइरहेको रियल च्याम्पियन्स लिग फुटबलमा अन्तिम पटक म्यान्चेस्टर सिटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

    घरेलु मैदानमा बलियो बन्दै रियललाई पुनरागमन गर्ने मौका रहेको छ । उता स्टार खेलाडी लियोनल मेस्सीको साथ पाएको बार्सिलोना जित निकाल्ने योजनामा हुनेछ । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले ला लिगाको २५ औँ खेलमा चार गोल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार