सकियो लिभरपुलको ४२२ दिने अपराजित यात्रा…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • एजेन्सी । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल रेलिगेशन जोनमा रहेको वाटफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा शीर्ष स्थानको लिभरपुलमाथि वाटफोर्डले सहज जित निकालेको हो ।

    घरेलु मैदानमा भएको खेलमा वाटफोर्डलाई जित दिलाउन स्माइला सारले दुई गोल गरे । त्यस्तै ट्रोय डिनेले एक गोल गरे । हारसँगै लिभरपुलको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । लिभरपुल पछिल्लो ४४ प्रिमियर लिग खेलमा अपराजित रहेको थियो । लिभरपुलले च्याम्पिन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० को हार बेहोरेको  थियो ।

    जितसँगै वाटफोर्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ । २८ खेल खेलेबाट २७ अंक जोडेको वाटफोर्ड तालिकाको १७ औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७९ अंक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यान्चेस्टर सिटी भन्दा २२ अंकले अघि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार