टीसीएल यूएचडी टिभीको माग बढ्यो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • काठमाडौं । नेपाली बजारमा टीसीएल यूएचडी टिभीको माग बढेको कम्पनीले जनाएको छ । नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरू चौधरी गु्रप अन्तर्गत इ.ओ.एल. प्रा.लिले बिक्री गर्दै आएको छ ।

    विश्व बजारमा उत्पादनका आधारमा टीसीएल दोस्रो ठूलो ब्रान्ड भएको जनाइएको छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलईडी टिभीको माग ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । नेपालमा टीसीएल ब्रान्ड चौथौं स्थानमा रहेको दाबी कम्पनीको छ ।

    सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरू विस्तार गरी सेवा दिँदै आएको जनाएको छ । नेपाली बजारमा टीसीएलका युएचडी टिभीमा सी ६ र पी ८ गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभीमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाइस कमान्ड, गुगल असिस्टेन्ट, गुणस्तरीय दृश्य, कनेक्टिभिटी तथा क्वालिटियुक्त साउन्ड रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार