प्रचण्डमाथि जुत्ता प्रहार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

    जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । जुत्ता हान्रे जुम्लाका रतन  तिरुवा रहेको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार