साओमीको ‘रेडमी ८ ए डुअल’ नेपालमा सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • साओमीले रेड्मी ए सिरिज स्मार्टफोनअन्तर्गतकोे ‘रेड्मी ८ए’ नेपाली बजारमा भित्र्याएको छ। रेड्मी ८ मा ६.२ इन्चको डटनच एचडीप्लस आइपिएस डिस्प्ले जडान गरिएको छ। डिस्प्लेमा कर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ।
    यसमा औरा एक्स ग्रिप डिजाइन गरिएको कम्पनीले बताएको छ। दुइवोटा क्यामेरा भएको यो स्मार्टफोन रेड्मी ए सिरिजको पहिलो फोन हो। यसमा १३ मेगापिक्सेलको प्रमुख क्यामेरा र २ मेगापिक्सेलको डेफ्थ क्यामेरा जडान गरिएको छ।

    उक्त फोनमा ५ हजार एमएएच ब्याट्री छ। साथै १८ वाटको फास्ट चार्जिङ सुविधा पनि दिइएको छ। यसमा ३ जिबी र्याम र ३२ जिबी रोम रहेको छ। क्वालकोम स्न्यापड्रयागन ४३९ अक्टाकोर चिपसेट प्रयोग गरिएको छ।

    डिस्प्लेः ६.२ इन्च
    ब्याक क्यामेराः १३ प्लस २ एमपी
    फ्रन्ट क्यामेराः ८एमपी पोट्रेट
    स्टोरेजः ३ प्लस ३२ जिबी
    चिपसेटः क्वालकोम स्न्यापड्रयागन ४३९
    ब्याट्रीः ५ हजार एमएएच
    कलरः सि ब्लु, स्काइ ह्वाइट र मिडनाइट ग्रे
    मूल्यः १२ हजार ९ सय ९९

    फेस अनलक

    प्रतिक्रिया
    सम्बन्धित समाचार