काेराेना : चीनमा घट्दै, अन्यत्र बढ्दै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • काठमाण्डाै । काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो ।

    चीनबाहिर इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको बीबीसीले जनाएको छ ।

    चीनमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको छ । तर चीनबाहिरका देशमा प्रकोपको रुप लिन थालेको छ ।

    कोरोनाबाट सङ्क्रमित भएकामध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ । अहिलेसम्म सङ्क्रमित भएकामध्ये ४५ हजार एक सय ४४ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाको सङ्क्रमितको मृत्युदर २ देखि ५ प्रतिशतको बीचमा रहेको जनाएको छ ।

    तर शून्य दशमलव १ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लुको कारण बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार