सूर्यवंशीको ट्रेलर सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको अक्षय कुमार र कट्रिना कैफ अभिनित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर आज (सोमबार) सार्वजनिक गरिएको छ । छाँयाकनका बेला देखि नै ‘सूर्यवंशी’बारे निकै चर्चा हुँदै आएको छ । रोहित शेट्टीद्वारा निर्देशित यो फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो । भव्य शैलीमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

    फिल्मको ट्रेलर सार्वजनिक हुनु एकदिन अगाडि अर्थात् हिजो अक्षय कुमारले एउटा मोशन पोस्टर पनि शेयर गरेका थिए । आतंकवादी आक्रमण र प्रहरीको कथा समेटिएको ‘सूर्यवंशी’प्रति आफ्ना प्रशंसकलाई उत्साहित गर्न अक्षयले मोशन पोस्टर ट्विटरमा शेयर गरेका हुन् ।

    ‘सूर्यवंशी’मा रणवीर सिंह र अजय देवगन पनि देखिने छन् । फिल्मको मुख्य भूमिकामा भने कैफ र कुमारसहित जेकी श्राफ, गुलशन ग्रोवर र सिकन्दर खेर देखिने छन् । फिल्म २४ मार्चमा रिलिज हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार