स्विस फुटबल संघका अध्यक्षलाई कोरोना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • युइएफएको बैठकमा सहभागी स्विस फुटबल संघका अध्यक्ष डोमिनिक ब्लान्कलाई कोभिड-१९ (कोरोना भाइरस)को सङ्‌क्रमण देखिएको छ। मार्च २ मा आम्सटर्डममा भएको बैठकमा ब्लान्कसहित क्रोएसियन फुटबल संघका अध्यक्ष डाभोर सुकेर र पेरिस सेन्ट जर्मनका अध्यक्ष नसिर अल-खेलाइफी सहभागी थिए।

    ७० वर्षीय ब्लान्कलाई आइतबार स्वास्थ्य परिक्षणका क्रममा भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। सो पुष्टि हुनेबित्तिकै उनलाई क्वारेन्टाइनमा राखिएको छ भने स्विस फुटबल संघको हेडक्वाटर पनि बन्द गरिएको छ।

    ‘म सहज नै महसुस गरिरहेको छु,’ ब्लान्कले स्विस फुटबल संघको आधिकारिक वेभसाइटमा जारी विज्ञप्तिमा भनेका छन्, ‘मलाई सामान्य ‘फ्लु’ भएको मात्रै महसुस भइरहेको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार