१४ क्लबको सहमति भए लिभरपुललाई उपाधि दिने तयारी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • एजेन्सी । जारी सिजनको प्रिमियर लिगमा शानदार खेल प्रदर्शन गरेको लिभरपुललाई उपाधि दिने तयारी थालिएको छ । ब्रिटिस मिडियामा प्रकाशित समाचार अनुसार १४ वटा क्लबले सहमति जनाएको खण्डमामा लिभरपुलले घरेलु लिगको उपाधि जित्नेछ ।

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण हाल प्रिमियर लिगसहित युरोपका सबै लिगहरु स्थगित भएका छन् । यदी कोरोनाको प्रकोप नै रहिरहेको खण्डमा लिभरपुलले उपाधि उठाउने गरि प्रस्ताव अघि सारिएको हो ।

    कोरोना भाइरस (कोभिड–१९) का कारण प्रिमियर लिग आगामी ४ अप्रिलसम्मका लागि स्थगित भएको छ । लिगमा २९ खेल खेलेको लिभरपुलले ८२ अंक जोडेको छ । समान खेल खेलेको म्यान्चेस्टर सिटीको ५७ अंक छ । लिभरपुल उपाधिको निकै नजिक छ । यदी जारी सिजनको उपाधि जितेको खण्डमा लिभरपुलको पछिल्लो ३० वर्षयताको पहिलो घरेलु लिगको उपाधि हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार