मनोविद् आदर्श प्रधानलाई ‘भैरब–लालमाया स्मृति’ पुरस्कार


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ५, २०७४

  • काठमाडौं, फागुन ५ । मनोविद् आदर्श प्रधान यो वर्षको ‘भैरब–लालमाया स्मृति पुरस्कार’ बाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक समारोहमा जेष्ठ नागरीक डबल बहादुर श्रेष्ठले आदर्श प्रधानलाई नगद एवं सम्मानपत्र प्रदान गरे ।

    दोलखाली नेवारी भाषा तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा उल्लेखनीय योगदान गरे बापत प्रधानलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिगत डेढ दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल प्रधानले दोलखा जिल्लाको पहिलो इन्टरनेट पत्रिका दोलखा डट् कम्को पनि संचालक समेत हुन् ।

    त्यसैगरी संगीत क्षेत्रमा योगदान दिएकोमा ‘मनकृष्ण टिकालक्ष्मी स्मृति पुरस्कार’ पूर्ण नारायण श्रेष्ठलाई प्रदान गरिएको छ । द्वाल्खा गुठीको बार्षिक साधारण सभा एवं सम्मान कार्यक्रममा माननीय सांसद द्विब्यमणि राजभण्डारी, गुठीका अध्यक्ष माधवमणि राजभण्डारी, कालिन्चोक यूवा क्लबका अध्यक्ष निरेन्द्र मास्के, भैरब–लालमाया स्मृति पुरस्कारका संस्थापक आत्मा कृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । द्वाल्खा गुठीले कार्यक्रमको आयोजना गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार