• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २२, २०७६

  • काठमाडौं, २२ चैत । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।
    उहाँले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ । यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ । चन्द्रागिरिमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।
    नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर शुक्रबारदेखि १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “चन्द्रागिरिले आवश्यकतानुसार मनमोहन अस्पतालमा ४०, श्रीकृष्ण माध्यामिक विद्यालयमा ४० र महालक्ष्मी आधारभूत विद्यालयमा २५ क्वारेन्टाइन थप गर्न लागेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताउनुभयो । यस्तै चन्द्रागिरिले आइसोलेशन वार्ड निर्माणको समेत तयारी गरेको छ ।
    राहत वितरण एकद्वार प्रणालीमार्फत चन्द्रागिरिले नगरपालिकाभित्र गरिने राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने भएको छ । चन्द्रागिरिमा शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको हो । कसैले चन्द्रागिरिभित्र राहत तथा रकम सहयोग गर्न चाहेमा नगरपालिकालाई जानकारी दिएर मात्र सहयोग गर्नुपर्ने भएको छ । चन्द्रागिरिले नगरपालिका भित्रका अत्यावश्यक सेवा सञ्चालन गर्ने पसलअगाडि हात धुनका लागि पानीको धारासमेत जडान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    फुटबल टोलीको बिदाइ

    फुटबल टोलीको बिदाइ

    एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology