• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय


  • Frontline Nepal
हेटौंडा, ५ बैशाख । वाग्मती प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक र भौतिक दूरी कायम गरी कृषि कार्य गराउन प्रेरित गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले कृषिका लागि चाहिने मलखाद एवं बीउबिजन उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बैठकले प्रदेशमा बढीभन्दा बढीको कोरोना परीक्षण गराउने निर्णय गरेको छ । विदेशबाट आएका एवं प्रभावित व्यक्तिको खोजी गरी दु्रत जाँच ¥यापिड डाइग्नोष्टिक टेष्ट गर्ने र आवश्यक परे पिसिआर टेष्ट गर्ने निर्णय भएको छ । मन्त्री ढुङ्गेलका अनुसार राहत वितरणलाई पारदर्शी बनाउन राहत प्राप्त गर्नेको विवरण प्रकाशित गर्ने तथा वेबसाइटमा राख्ने निर्णय भएको छ । अझै पनि केही स्थानमा राहत वितरणमा एकद्वार नीति अवलम्बन नगरेको पाइएकाले सङ्घीय सरकारको निर्देशिकाअनुसार कडाइका साथ एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले प्रदेशमा अलपत्र परेका व्यक्तिको उचित व्यवस्थापनका लागि आवश्यकताअनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई जिल्ला प्रशासनको कमाण्ड पोष्टमार्फत व्यवस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कारवाही गर्ने निर्णय भएको सरकारका प्रवक्तसमेत रहनुभएका मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी बैठकले स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव कमगर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । यस्तै लकडाउनको समयमा विभिन्न विकृतिजन्य क्रियाकलाप गर्नेलाई कारवाही गर्ने र त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न स्थानीय प्रशासनलाई निर्देश गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताउनुभयो । बैठकमा मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकाले स्थानीय तहमार्फत समन्वय गराएर काम गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वादरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो ।
यसैगरी लकडाउन प्रभावकारी बनाउन सुरक्षा संयन्त्र एवं स्थानीय तहलाई सक्रीय गराउनुपर्ने उहाँको भनाइ थियो । अहिलेको सयमयमा सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र स्थानीय तहले लकडाउनको समयमा ठूलो योगदान गरिरहेका उहाँले बताउनुभयो । बैठकमा प्रदेशका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशका सबै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

शव परीक्षण गर्न समस्या

शव परीक्षण गर्न समस्या

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

ताजा अपडेट
  • अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

  • चितवनमा वर्षभरिमा ११६ जनाको मृत्यु, ६१२ घाइते

  • कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

  • हार्डवेयर पसलमा आगलागी

  • सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्वमा वृद्धि

  • कुश्मामा रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट, हाइड्रोलिक पिङ र सिसाको स्काई ब्रिज बन्दै

  • ‘राष्ट्रिय मेयर सम्मेलन’ बाट १६ बुँदे पोखरा घोषणापत्र जारी

  • बागलुङका ३० वनमा आगलागी

  • सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

  • पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण

सम्पर्क

फ्रन्टलाइन नेपाल प्रालीद्वारा संचालित

ठेगाना : नयाँ बानेश्वर काठमाडौं‌

इमेल : [email protected]

फोन नम्बर : ९८५१००५७५६/ ९८२३२४९५१९

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति

हाम्रो टिम

प्रधान सम्पादक : नरेन्द्र बहादुर रौले

सह-सम्पादक : चित्र कुमार कार्की

सं‌वाददाता : पूजा काफ्ले

सं‌वाददाता : अनिला घिमिरे

फोटोग्राफर : सञ्जय पौडेल

  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology