काठमाडौं । ११ बैशाख । लकडाउनको समयमा घरमै बसेर कसरी कौसीमा तरकारी फलाउने भन्ने विषयमा भर्चुयल तालिम शुरु भएको छ । ‘गुठी’ संस्थाले फेसबुक लाइभमार्फत शहरी क्षेत्रका वासिन्दालाई घरमै तरकारी र फलफूल फलाउन सिकाएको हो ।
पृथ्वी दिवसका अवसरमा सो तालिमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक प्रकाश अमात्यले बताउनुभयो । उहाँका अनुसार कौसी खेती विज्ञ शेखनारायण महर्जनले घरेलु पानी र आकाशेपानीबाट कसरी घरमा उत्पादन गर्न सकिन्छ भन्ने जानकारी दिनुभयो ।
पूर्व विज्ञानमन्त्री गणेश साह र सांसद् जीवनराम श्रेष्ठ पनि सो तालिम दिनुभएको थियो ।