नेपाल आइडलकी सन्ध्या जोशीले ल्याइन् ‘समय’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २४, २०७४

  • नेपाल आइडलमा रहँदा चर्चा कमाएकी गायिका सन्ध्या जोशीले समय  गीतको भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गीतका कभर सङ गाएर आफ्नै युट्युबमा अपलोड गरेकी सन्ध्याको आवाजलाई धेरैले रुचाएका छन् । ‘समय’ बोलको यस गीतमा शब्द र संगीत उनकै रहेको छ । संगीतमा सुरज जोशीले पनि उनलाई सघाएका छन् । तीन मिनेट ३२ सेकेन्डको यस भिडियोमा सन्ध्या आफैले अभिनय गरेकी छिन् । यस गीतलाई अजर जंगमले एरेन्ज गरेका हुन् । धनगढीकी २३ वर्षीया सन्ध्याले टिभी र एफएम सुनेर गीत गाउन सिकेकी हुन् । नेपाल आइडलमा काठमाडौंबाट अडिसन दिएकी सन्ध्या त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जनस्वास्थ्य (पब्लिक हेल्थ) चौथो वर्षमा अध्ययनरत छिन् । आफ्नै नाममा रहेको ‘Sandhya Joshi’ च्यानलमार्फत उनले यो भिडियो सार्वजनिक गरेकी हुन् । यो समाचार तयार पार्दासम्म झण्डै ७४ हजार भन्दा बढी पटक भ्युज भइसकेको छ ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार