• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

भारतमा रोकिएका मजदुर घर फर्किए


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख १९, २०७७

  • दार्चुला, १९ बैशाख । कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किनुभएको छ । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।
    चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भन्नुभयो, “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।” उहाँले भन्नुभयो, “सरकारले हाम्रो आवाज सुनिदियो, धेरैधेरै धन्यवाद ।” “आफ्नो भनेको आफ्नै हुन्छ”, बुढा भन्नुहुन्छ, “भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौँ यही रमाउँछाँै ।” “भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पु¥याउनुपर्छ”, शुक्लाफाँटा नगरपालिका–१० का मनोज पार्की बताउनुहुन्छ, “सरकारले उद्धार ग¥यो, अब घरपरिवार भेट्न चाहन्छाँै ।”
    गत मङ्सिरमा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्ने बताउनुहुन्छ । अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमि प्यारो छ । भारतमा गएर गालीगलौज खानु शिवाय केही छैन । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चारमाध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो । बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
    बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उहाँले बताउनुभयो । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ । आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए । धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो । नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए ।
    नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् । ढिलै भए पनि सफलरूपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुशी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “ लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो । लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाइ भए पनि अहिले आएर उनीहरुको स्वास्थ्य जाँच गरेर पठाएका छाँै ।” उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ ।
    भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताउनुभयो । एसडीएम शुक्लाले भन्नुभयो, “सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन ।” उहाँले नेपालीलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुशसी राखिएको प्रतिक्रिया दिनुभयो । भारतको पिथौरागढअन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेतलगायतका जिल्लाका मजदुर थिए । तेह्र सयको उद्धार दार्चुलामा लकडाउनका कारण धार्चुलामा अलपत्र परेका एक हजार २९० को उद्धार गरिएको छ । सदरमुकाम खलङ्गा र दत्तुनाका भएर वैशाख १८ गते नेपालीको उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सदरमुकाम खलङ्गा नाका भएर ३७६ र दत्तुनाका भएर ९१४ को उद्धार गरिएको छ ।
    एक महिनादेखि लकडाउनका कारण धार्चुलाका पाँच क्वारेन्टाइनमा बसेका र होमक्वारेन्टाइनमा रहेका दार्चुलासहित १२ जिल्लाका नागरिकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारीअनुसार दार्चुलाका ३११, बैतडीका ४७४, बझाङका २८३, अछामका ५०, कैलालीका १०२, डोटीका दुई, डडेल्धुराका २१ र कञ्चनपुरका २१ जना रहेका छन् । यस्तै दैलेखका दुई, सुर्खेतका तीन, हुम्लाका एक र कालीकोटका तीन जना छन् । उद्धार गरिएका दार्चुलाका अधिकांश स्थानीय तह र बैतडी बझाङका केहि व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

    • राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

    • मन्त्रिपरिषद् निर्णय : १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

    • प्रतिनिधिसभाः बीमासम्बन्धी विधेयक पारित

    • युवा व्यवसायी राज कार्की सम्मानित

    • बाँकेमा छ हजारनयाँ मतदाता

    • पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

    • युवामैत्री स्थानीय शासन विस्तार गरिने

    • पाल्पामा छ हजार बढी मतदाता थपिए

    • पूर्वप्रधानमन्त्री कोइरालाको ८३ औँ जन्मजयन्ती

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology