नेपाल लाइफद्वारा असहायलाई सहयोग


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २२, २०७७

  • काठमाडौं, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । नेपाल लाइफले बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

    कोरोनाका कारण समस्यामा परेका सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान व्यक्तिहरुलाई ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. करोड रकम प्रदान गरिसकेको छ ।

    हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार