नबिल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २२, २०७७

  • काठमाडौं, २२ वैशाख । कोभिड १९ महामारीको समयमा नबिल बैंकले घरमै बसी अनलाइनमार्फत खाता खोलेर कारोबार गर्नसकिने सुविधा उपलब्ध दिएको छ । प्रारम्भ गरेको छ। जसअन्तर्गत ग्राहकहरुले घरबाटै खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता डिजिटल बैंकिङ सुविधाहरु लिन सकिनेछ ।

    अब ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु मोबाइलमार्फत गर्न सकिनेछ ।

    नबिल बैंकले यो सुविधा कोभिड १९ संक्रमण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार