• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान


  • Frontline Nepal
काठमाडौं, २ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो ।
निगमको वाइडबडी जहाज आज राति ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ । काठमाडाँै–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन् ।
निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ । नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो ।
कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

शव परीक्षण गर्न समस्या

शव परीक्षण गर्न समस्या

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

ताजा अपडेट
  • सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण गरिरहनु पर्ने व्यवस्था खारेज

  • पोखराको सेती खोंचमा नयाँ बन्जीको सफल परीक्षण, हिमाल हेर्दै जम्प गर्न पाइने

  • काठमाडौंका थप ५ स्थानमा असारभित्रै ट्राफिक बत्ती जडान गरिने

  • वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु

  • फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

  • महालक्ष्मीमा लिङ्गो उठाएसँगै जात्रा शुरुः मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

  • प्रधानमन्त्रीलाई तिमीले छोड मात्रै भनेर पुग्नेवाला छैन, समाधान पनि दिनुपरेको छ – प्रदीप गिरी, नेता (नेपाली कांग्रेस)

  • कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

  • जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

  • नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

सम्पर्क

फ्रन्टलाइन नेपाल प्रालीद्वारा संचालित

ठेगाना : नयाँ बानेश्वर काठमाडौं‌

इमेल : [email protected]

फोन नम्बर : ९८५१००५७५६/ ९८२३२४९५१९

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति

हाम्रो टिम

प्रधान सम्पादक : नरेन्द्र बहादुर रौले

सह-सम्पादक : चित्र कुमार कार्की

सं‌वाददाता : पूजा काफ्ले

सं‌वाददाता : अनिला घिमिरे

फोटोग्राफर : सञ्जय पौडेल

  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology