बडिबिल्डिङमा नयाँ नेतृत्व, अध्यक्षमा शिव लामिछाने, महासचिवमा बज्राचार्य


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ५, २०७४

  • रोशनी भट्टराई/फ्रन्टलाइन नेपाल

    काठमाडौं, चैत ५ – राजधानीमा हालै सम्पन्न हिमालयन किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेसको अध्यक्षमा शिव लामिछाने विक निर्विरोध निर्बाचित भएका छन् । संघको पहिलो साधारण सभाले लामिछानेको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्य समिति समेत चयन गरेको छ ।

    राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्य तथा हिमालयन किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेसका पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय अध्यक्ष लोकेन्द्र परियारको उपस्थितिमा पहिलो साधारण सभा सम्पन्न भएको छ ।

    हिमालयन किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेस (एचकेएनएफबिएफ) ले नेपालभरिका १५ वटा जिल्लामा संघ खोलेर शाखा विस्तार गरिसकेको छ । सबै जिल्लाका प्रतिनिधी सहित महासंघ गठन गरिएको छ । जसको उद्देश्य क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा शारीरिक सुगठन तथा खेलको विकास गर्दै अन्तराष्टिय क्षेत्रमा नेपाली खेलाडीहरुको धेरै भन्दा धेरै उपस्थिति गराउने रहेको छ ।

    पहिलो साधारण सभाले उपाध्यक्षमा जीवन मानन्धर, हरिकृष्ण डंगोल, दिनेश अमात्य, रविन्द्र श्रेष्ठ, नुना गुरुङ र रनबहादुर थेबे, महासचिवमा अजय बज्राचार्य, सचिवमा रुपेन्द्र गुरुङ र राजेन्द्ररत्न तुलाधर तथा कोषाध्यक्षमा पवन डंगोललाई चयन गरेको हो । यसैगरी नरेशकुमार मल्ल, राजेशरत्न महर्जन, रेणुका श्रेष्ठ, केशव नागा, पदमलाल सिलाकार, किरणदास गौतम, रत्नलाल मानन्धर, सम्राट सापकोटा, रमेश श्रेष्ठ, दिपेन चौधरी, विक्रम लिम्बू, उमा बानियाँ, सुस्मा राई, भारती घले र रश्ना शाही सदस्यमा चयन भए ।
    नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र वितरण गरे भने प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

    हङकङमा लोकेन्द्र परियारको नेतृत्वमा सन् २०१३ मा स्थापना भएको हिमालयन किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेस नेपालमा भने त्यसको दुई वर्षपछि सन् २०१५ मा सुरु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार