डा. बाबुराम भट्टराईको टिपेक्स प्रकरण र ओहदाको सवाल


  • Frontline Nepal

किरण तिम्सेना

यतिखेर डा. बाबुराम भट्टराईको विषयले सामाजिक सञ्जाल तातिरहेको छ । नवगठित पार्टीमा उनको वरियताको विषयलाई लिएर अनेक टिका टिप्पणि सूरू भएका छन् ।

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल ट्वीट गर्नुभयो,
बाबुरामजीले जनता समाजवादी दलको एकताका लागि स्वेच्छाले चौथो क्रममा रहने निर्णय लिनुभएको हो भने आफूभन्दा माथि उठेर गरेको यो निर्णय सही र दूरगामी छ । यसमा टिक्न सके उनको कद झनै बढ्नेछ । परीक्षा सुरुभो । एकपटक प्रमं वा सभापति भएपछि तल वा भूँइ देख्न नचाहने नेतृत्वमा रहेका अरुले पनि यसबाट सिकुन् ।

यस्तै डा. बाबुराम भट्टराईबारे उहाकै क्लास मेट् नेता कमल थापाले लेख्नु भयो,
वरियताको विषयमा  @brb1954  लाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ ।

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल र नेता कमल थापाका ट्वीटल पनि प्रष्ट देखाई सकेको छ कि डा. बाबुराम भट्टराईको हैसियत के रहेछ भनेर ।

भनिन्छ, मानिसको विनास देवत्वकरणले हुन्छ । यसबारे धेरै इतिहास खोतल्नु पर्दैन । पुर्व राजा ज्ञानेन्द्र र स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालालाई हेरौं । ०४६ सालमा बहुदलपछि कांग्रेसको उन्माद दश वर्ष पनि टिकेन ।
फेरि चाहियो सात दल, १२ बुँदे, सबै निम्त्यायो ज्ञानेन्द्रको लातले, हिरो भए गिरिजाबाबु । अब फेरि पालो कसको ? बाबुराम भट्टराई । हावा दक्षिणतर्फ चल्दै छ । बेलैमा बुझौं सत्ताका खेलाडी बल्ल मैदानमा उत्रिए । बाबुरामका लागि कमल थापा समेत उभिनु भनेको बाबुराम भनेका बाबुराम नै हुन् । उनलाई उनको पार्टीमा जुनसुकै दर्जामा राखिएका भए पनि ५० वर्ष अगाडीको दुरदृष्टी बोकेर हिंड्ने बाबुरामलाई चेतना शुन्य अर्धमानबले बुझ्दा लठैत लागे पनि अन्तत ज्ञान बिज्ञान, राष्ट्र अन्तराष्ट्र, जनता, देश र राजनिती बुझेको पैसा र पद गौण ठान्ने एक मात्र त्यागी नेता बाबुराम हुन् ।

सेतोपाटी अनलाइनका अमेरिकास्थित पूर्व सम्पादक ज्योती देवकोटा लेख्छन्,

नेपालस्थित अमेरिकी दूतावास Nepal, USA का लगभग सबै (नेपाली) कर्मचारीले अहिले पनि सरकारलाई कर तिर्दैनन् । कारण नेपाल सरकारका कुनै पनि अर्थमन्त्रीले दूतावासलाई कर्मचारीको ’डिटेल’ माग्ने हैसियत राख्दैनन् । बाबुराम भट्टराइ मात्र यस्ता अर्थमन्त्री थिए जसले यो आँट गरेका थिए । उनी बाहिरिए पछि ’ठूला माछा’ लाई कर तिराउने काम त्यसै रह्यो । धेरै कमजोरी छन् यिनका र पनि बाबुराम देशलाई चाहिने मान्छे हुन् । यीनलाई राष्ट्रिय मुलधारमा ल्याउ । उडाउने काम नगरौं ।

 

त्यस्तै वातावरणविद् कुमार पौडेलले फेसबुकमा लेख्नुभयो –
नमरून्जेल एक नम्बर नै हुनु पर्ने र कुर्सिमा टाँसिरहनु पर्ने सामाजिक दबाब नेपाली समाजमा कति ब्याप्त छ भन्ने कुरा बाराभको वरियतामा भएको टिप्पणीले देखाउछ । यो सामाजिक मनोविज्ञानले केही लछारपाटो नलगाउनेहरूलाई पटक पटक पदमा पुग्न उत्साहित मात्र गर्दैन, योग्य युवापुस्तालाई अवसरबाट वन्चित समेत गर्दछ । कसैको उतारचढाव वा वहिर्गमनलाई स्वभाविक रूपमानै लिए हुन्न र ?

पार्टीभित्रको आन्तरिक मतभेद आफ्नो ठाउमा होला, खुद्रे दल भनेर चिनिएका मधेश केन्द्रित दलहरूलाई एकीकृत बनाउनु उहाको सफलता हो । राजनीतिमा कसको कति उचाइ छ र रहन्छ, समयकालले बताउला । अभिव्यक्ति सही छ, विरोधको लागि मात्र विरोध गर्नेले आवाज यसरी पनि उठ्न सक्छ भन्ने हेक्का राख्नुपर्छ । दिन सबैका आउछन् नै भन्नेमा बेतुकका आवाज उठाउनेले पनि हेक्का राख्नुपर्छ ।

 

६ वटै प्रदेशमा आफ्नै बहुमत, अधिकांश स्थानिय निकाय आफ्नै हातमा, केन्द्रमा प्रचण्ड बहुमत भएको पार्टीका अध्यक्षले चलाएको देश र तिनले लिएको निति । सोचौं त त्यो अवसर बाबुरामले पाएका भए ? अब यस्तो समय कहिल्यै आउला ? सत्र हजारको बलिदान र १० वर्षे जनयुद्द कुनै नेपालीले बिर्सन सक्दैनन् । तर, उही ब्याकग्राउन्ड भएका प्रचण्ड सत्तामा टाउके भएर बस्दा कुनै दोश नलाग्ने तर उही सत्ताधारीले बाबुरामलाई खेदो खन्न कहााको बौद्दिकताले सहि भन्छ ??

कोरोना कहर, सीमामा खिचातानी, स्पष्ट कुटनैतिक संवाद गर्न नसक्नु र डुब्दै गएको अर्थतन्त्रलाई बाटो दिन नसक्नाले बर्तमान सरकार र नेकपाले जनमानसमा आफ्नो लोकप्रियता गुमाउँदै गएका छन् । समय बलवान् छ । राजनैतिक हावा बाबुरामको नेतृत्व मागिरहेछ । अब पालो बाबुराम को हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार