किरण तिम्सेना
प्रिय,
रिसाएको छैन म, मलाई आवाज दिई हेर
सहयात्रीझैं हृदयका पाना पल्टाएर हेर
मैले जस्तै एकान्तमा टोलाएर हेर
परेलीमा बन्द नयन चलाएर हेर
केही शब्दले हृदयका तारहरु हल्लाउँछन्
केही शब्दले मन मस्तिष्कसम्म पुगेर सोच्न बाध्य बनाउँछन्
सायद त्यहाँ हुनैपर्छ रङ्गिन दुनियाँ
त्यहा हुनैपर्छ उज्यालो किरण
तिम्रो मौनताभित्र निसासिएको मेरो प्रेम
म हेर्ने गर्छु बिहानिको लालिलाइ
रातो घाम पनि ओइलाएरै अस्ताएका छ्न्
म हेर्ने गर्छु मध्याह्नको गर्मिलाइ
प्रचण्ड गर्मि पनि सितलतातर्फ मोडिएका छ्न्
म हेर्ने गर्छु गोधुली साँझलाइ
संसार जित्छु भनेर गएकाहरु फर्किएका छ्न्
मौन बस्नुलाई मेरो कमजोरी नभन
धैर्यताको बाँध टुट्यो भने म भन्दा पहिले तिमी टुट्ने छौ ।
प्रिय, तिमी नमज्जाले टुट्नेछौ ।