म आँटसँग उठ्नेछु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २८, २०७७

  • आभा थपलिया

    प्रिय ,
    म हेर्ने गर्छु बिहानीको मज्जालाई
    रातो घाम पनि लीलिबिनाको फुस्रो झैँ
    म हेर्ने गर्छु, वैशाख जेठको गर्मीलाई
    त्यो गर्मी पनि महसूस नगराई जानेलाई

     

    हेर्ने गर्छु म, टुटेको होईन टुटाइ जानेलाई
    म नियाल्ने गर्छु, त्यो अँधेरी रातलाई
    ‘सँगै हुनेछौँ’ भनेर खाएका कसमलाई
    भन्यौ मलाई ‘टुट्यौ’, ठिक छ म त निष्ठुरी छु,

    टुटेको छु, ल भन तिमी चाँही के छौ ?

    प्रिय,

    म नमज्जाले टुट्छु, अनि म आँटसँग उठ्नेछु।

    अनि हेर्ने छु म टुटेको होईन, टुटाइ जानेलाई

    प्रतिक्रिया
    सम्बन्धित समाचार