तिमी समुद्र बनिदेउ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २९, २०७७

  • किरण तिम्सेना

    स्मृति,

    ओए स्मृति, सुन्यौ ?
    म नदी बगेसरी बग्छु शब्दसंग
    तिमी बर्खाको भेल नहुनु
    यि साउने झरी जस्तै
    यी बर्खे भेल जस्तै
    तिमी बगेर नजानु

    मेरी स्मृति,
    तिम्रा बिहानीमा आशाका किरण छाउनु पर्छ
    तिम्रा नयनमा उत्साहका लहर आउनु पर्छ

    तिम्रा रङ्गिन ओठमा प्रेमिल हासो छाउनु पर्छ
    तिम्रा हृदयमा मोहको आभास छाउनु पर्छ

    प्रिय स्मृति,
    तिमी समुद्र बनिदेउ न है
    म मात्तिन चाहन्छु
    म बिरक्तिन चाहन्छु

    अनि म आफैलाइ तिम्रो अङ्गालोमा बिसर्जित गर्न चाहन्छु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार