म तिम्रो भरमा छु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १९, २०७७

  • आभा थपलिया

    त्यही भित्ता, त्यही ओछ्यान, त्यही छतको भुइँ । तर, कताकता मेरो मन टक्क तल गेटको एउटा मान्छेसँग पुग्यो । अनन्त उसको हृदयको चेतनाले मसँग नै उसको मनको भाव र समस्याको हल पाउँछु भनेर नै मलाई भेटन आएको कुरा उसको हातमा भएको कागजको खातले बुझाई रहेको थियो ।

    तर, मेरो अवस्थाले कसरी भनि हाल्नु भनेर माथि मेरो कोठामा आउन समेत हिम्मत जुटाउँदै थियो ।

    म पनि कहाँ कम थिएँ र ? त्यही सफाई गर्न आउने दिज्युलाई बोलाउन भनें । आखिर मेरो फरमान न थियो । दिज्युले नि टपक्कै भनी हाल्नु भयो । हतारिदै अस्पतालको मेरो कोठामा ल्याएर दिज्यु चिया लिन जानु भयो । कुरूवा पनि बाहिर निस्किए ।

    मैले सोधें । ‘सन्चै छ ?’
    ऊ फिस्स हाँस्यो र भन्यो ‘तिम्रो एक आवाज सुन्नलाई म हतास भएको थिए । म कसरी भन्न सक्छु तिमीले हुदैन भन्दा भन्दै मेरो एकोहोरो घमण्डले लुटिएको म ।’
    आँखाभरी यही भाव थियो ।

    ‘म लुटिए’ अचानक दुबै हात जोडेर मलाई (आभा) बचाई देउ भनेर रूँदै मेरो शरणमा आउँदै भन्यो, ‘म तिम्रो भरमा छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार