सशस्त्रको विपत् व्यवस्थापन टोली बाजुरामा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २४, २०७७

  • बाजुरा, २४ असार । बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

    बूढीगङ्गा –१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार