को रहेछु म ? (कविता)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार २७, २०७७

  • अस्मिता भट्ट

    न त मेरो केहि कुरा कसैले सुन्छ
    न त म रहेको कुनै अस्तित्व नै हुन्छ
    आखिर को रहेछु म ?

    केही राम्रो र भलो होस् भन्ने इच्छाले
    आफ्नो भाव व्यक्त गरेकी थिए
    खोई त मेरो भाव अनि भनाइको सुनुवाई
    आखिर को रहेछु म ?

    आफ्नै सहपाठी, आफ्नै आफन्त ,अनि
    आफ्नै परिवारप्रति माया दर्साएकी थिए
    तर, खोइ त मेरो मायाको महत्वअनि
    खोई त मेरो अस्तित्व ?
    आखिर को रहेछु म ?

    जब म भएको आहटसम्म कसैमा छैन भने
    कहाँबाट हुन्छ मेरो वास्ता अनि मैले गर्ने मायाको खोज
    अरुको कुरा मात्र सबै मान्नुपर्ने
    अनि आफ्नो विचार पोख्न नपाउने म
    आखिर को रहेछु म ?

    हुँदैन मेरो इच्छा आकाङ्क्षा पुरा
    हुँदैन मेरो खुशीको मतलब
    हुँदैन मेरो रोदनको गुहार
    हुँदैन मेरो बोलीको असर
    आखिर को रहेछु म ?
    आखिर को रहेछु म ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार