सप्तरङ्गी सपना


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार २७, २०७७

  • किरण तिम्सेना

    सप्तरङ्गी अति सुन्दर इन्द्रेणी देखाइ,
    अटल उभिएका चट्टानलाई कुहिरोले छोपी,
    चौतर्फी अन्धकार बनाइ,मेघ गर्जिए
    ती राता गालामा बर्खे झरिको छिटा वर्षिए

    दुइ पेग व्हिस्कीको नसामा लोलाएका मेरा नयन
    भ्रमले निसास्सिएर पुर्ण बिरक्तिएका मेरा मन
    दिनभरको हिडाइले लखतरान भएका मेरा तन
    रातो गालामा झरेका छिटा हेर्दा आनन्दिित भैदिए

    बोल्ने रहर कसलाई छैन र यहाँ शब्द हितैषी भैदिए
    हास्ने रहर कस्लाइ छैन र यहाँ मित्र प्रियसि भैदिए
    चुम्ने रहर कसलाई छैन र यहाँ प्रित बेहोसी भैदिए
    रम्ने रहर कसलाई छैन र यहाँ तन मदहोसी भैदिए

    बर्सात सदैव होस्, यो बर्षाप्रेमी मनुष्य चाहन्छ
    नयन सदैव बर्षातमा उनका भाव हेर्न चाहन्छ
    सोच उनलाइ आफ्नो हृदयमा सजाउन चाहन्छ
    तन उनलाइ आफ्नो अङ्गालोमा बेर्न चाहन्छ

    हेर्दैछु उनका भिजेका बदन, मात्तिदैछ्न् मेरा नयन
    हेर्दैछु झरिले भिजेर रसिला भएका ति ओठ
    कल्पिदै छु झरीमा चुम्बनका ती प्रेमिल दृश्य
    रतिरागका कल्पनाले भरिपुर्ण मेरा मनमस्तिष्क

    प्रतिक्रिया
    सम्बन्धित समाचार