गायिका भूमिका गिरीको नयाँ तिज कोशेली आउँदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २२, २०७५

  • काठमाडौं, जेठ २२, गायिका भूमिका गिरी तीजको नयाँ गीत बजारमा ल्याउने तयारीमा छिन् । चर्चित तथा विवादास्पद गायिका ज्योती मगरसँग मिलेर उनले तीज गीत ल्याउँने तयारी गरिरहेकी छिन् ।  नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर बजारमा आउन लागेको यस गीतमा भूमिका र ज्योती दुबैको स्वर छ । त्यस्तै गीतमा यी दुई दिदि बहिनी बनेका छन् । यतिखेर गीतको रेकर्डिङ सकिएर छायांकन भईरहेको गायिका भूमिकाले बताईन् ।

    गायिका ज्योती मगरले हरेक वर्ष पुरुष र महिलाबिच जुहारी खेलिरहेका गीत हेर्दै र सुन्दै आएकाहरुका दर्शकहरुका लागी फरक स्वादको हुने बताइन् । आफुलाई गालि, नकारात्मक टिप्पणि गर्दै आएका दर्शकहरुले यस गीतबाट सकारात्मक प्रतिक्रिया आउने आशा गरेको बताईन् ।
    मालश्री स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार