प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच ११ मिनेट फोनवार्ता


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन ३१, २०७७

  • [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । भारतको ७४ औ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसंग ११ मिनेट फोनवार्ता गरेका परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र भारतीय जनतालाई बधाई तथा शुभकामना दिएका थिए । दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा संवाद हुन सकेको थिएन ।

    भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहमा कुराकानी हुन पाएको थिएन । नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको औपचारिक जवाफ दिएको थिएन ।

    नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार