किन उत्रिए डा. बाबुराम भट्टराई पत्रकार कनकमणि दीक्षित विरुद्ध ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३२, २०७७

  • साउन ३१, काठमाडौं । ट्वीटरमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र वरिष्ठ पत्रकार कनकमणि दीक्षितबिच चर्काचर्की भएको छ । दुबै जना एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । र, तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् ।

    डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन् :
    जताबाट पनि ओली महेन्द्र र रायमाझी पथमा उद्यत देखिन्छन् है । १.पहाडी खसआर्य अहंकारवादलाई नेपाली राष्ट्रवादको रूपमा प्रस्तुती २. हिन्दु धर्मभीरू जनमत बटुल्न अयोध्या र राम मन्दिर बखेडा ३.संसद र अदालत र सेना र अख्तियार कब्जा ४.यति र भट्ट इ. मार्फत क्रोनी क्यापिटालिज्म ५. ‘दशरथ /डलरमणि’ मार्फत मिडिया !


    यस्तो तल्लो स्तरको ट्वीट गरेपछि वरिष्ठ पत्रकार कनकमणि दीक्षितले त्यसको कडा प्रतिउत्तर फर्काएका छन् ।

    दीक्षितले ट्वीट गरेका छन् : हो, मलाई ‘डलरमणि’ भन्ने बाबूरामनै हुन्, डेकेन्द्र थापाको हत्या बिरुद्ध बोल्न पत्रकार टोली सहित दैलेख पुग्दा, बराभले सुर्खेतमा यसो भन्दै भाषण दिएका । तर, जे होलान नहोलान्, म उनलाई ‘भारूराम’ कहिल्यै भन्दिन ।

    सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पूर्व प्रधानमन्त्री र पत्रकारबिचको यो आरोप प्रत्यारोपलाई डलरमणि भर्सेस भारूरामको संज्ञा दिएका छन् । त्यसो त डा. भट्टराईले कनकमणि दिक्षितलाई डलरमणिको आरोप लगाएको यो पहिलो पटक भने होईन । यसअघि पनि सामाजिक सञ्जालमा यस्तो आरोप लगाउदै आएका थिए । आज झन् उग्र रुप लिएको छ । दीक्षितले डा. भट्टराईलाई कथित जनयुद्धका बेला देशका अस्पताल, स्कुल ध्वस्त पारेको, डाक्टर, विद्यार्थी र शिक्षकहरूलाई निसानामा पारेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार