किन विवादित भयो कृषि विकास बैंकको विज्ञापन ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ३२, २०७७

  • काठमाडौं । ३२ साउन । कृषि विकास बैंक अनलाइन बैंकिङ प्रणालीमा प्रवेश भएको सूचना दिने गरि बनाइएको विज्ञापन विवादमा आएको छ । १ मिनेट १ सेकेन्डको भिडिओ विज्ञापनको सामाजिक सञ्जालमा विरोध गरिएको छ । उक्त भिडिओ विज्ञापनमा एक जना व्यस्त युवतिलाई समय व्यस्तताका कारण तत्कालै बैंक खाता खोल्न परेको र अनलाइन बैकिङ प्रणालिमार्फत बैंक खाता खोलेको देखाईएको छ । कुनै व्युटिपार्लरमा मेकअप गरिएको दृश्य पनि उक्त विज्ञापनमा देख्न पाइन्छ । यो विज्ञापन कुनै बैंकको नभई सौन्दर्य सामग्री उत्पादन तथा विक्रि, वितरण गर्ने कम्पनिको जस्तो देखिन्छ ।

    सामाजिक सञ्जालमा यस विज्ञापनलाई लिएर अनेक टिका टिप्पणि सुरु भएका छन् । कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले विज्ञापनको खिल्ली यसरी उडाएका छन् :

    मोडल कृषककी छोरी हुन सक्छिन् । भिडिओ खिच्ने क्यामेरा धान बेचेर किनेको हुन सक्छ । यो बिज्ञापनबाट कमाई गर्नेले घरमा बा लाई पठाउन सक्छन् । त्यो पैसाले बा मल किन्न बजार जान सक्नु होला । कृषिको सम्बन्ध कतै न कतै त पक्कै होला नि ?

    कृषकको खेतिपातिमा लगानि गर्ने कृषि वैंकले त तरुनिहरुको साप्रा, तिघ्रा र पिंडुला खेतिमा पो विशेष लगानि गरेछ । यहि हो नेपालिको लागि कृषि क्रान्ति ?

    विज्ञापन एजेन्सीले सबै कन्सेप्ट र स्टोरी विज्ञापन दाताको ब्रिफिङको आधारमा तयार पार्ने हो । र, अन्तत: मार्केटिङ शाखाबाट नै अनुमोदित गराएर मात्र रिलिज गर्ने हो, त्यस्तै भएको र गरिएको होला भन्ने आशा छ ।

    निकै असान्दर्भिक मध्येको एक र लक्षित बर्गलाई उपेक्षा गरिएको विज्ञापन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार