दुई सय किलो मटर बरामद


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १, २०७७

  • महोत्तरी, १ भदौ । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले आज २०० किलो मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजीकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो ।

    नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर भरियाले सीमा गस्तीका लागि पुगेको प्रहरी टोलीलाई देख्नासाथ फालेर भागेका थिए । भरियाले फालेर गएका ती मटरका बोरा प्रहरीले ल्याएर जिल्लाको मुख्य भन्सार जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार