‘नारी’ मासिकको सम्पादकमा उपासना घिमिरे


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १, २०७७

  • काठमाडौं, १ भदौ । कान्तिपुर मिडिया ग्रुपले प्रकाशन गर्दै आएको नारी’को सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी छन् । नारी मा नारी सम्पादक नियुक्त भएको यो पहिलो पटक हो ।

    नव नियुक्त सम्पादक घिमिरे १७ वर्षदेखी नारी  मा आबद्ध छिन् । कान्तिपुर दैनिकमा ०५९ मा इन्टर्न गरेकी घिमिरे त्यसको एक वर्ष पश्चात् नारीमा आवद्ध भएकी थिईन् । नारी मा सम्पादकीय सहकर्मीको भूमिका निभाएकी घिमिरेले गत पुषदेखी सम्पादकीय संयोजकको जिम्मेवारी सम्हालेकी थिईन् । घिमिरे रत्नराज्य लक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।

    कोभिड १९ का कारण बैशाख देखी स्थगन भएको प्रकाशन भदौदेखी पुन: सुचारु भएको छ । कान्तिपुर मिडिया ग्रुपले नेपाल  साप्ताहिक र साप्ताहिक को प्रकाशन बन्द गरेको सूचना औपचारिक रूपमा जानकारी गराईसकेको छ । ‘सबै क्षेत्र र वर्गका महिलालाई नारीमा स्थान दिने प्रयास गर्नेछु ।’ घिमिरे भनिन्, ‘संस्थाले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नेछु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार