वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १, २०७७

  • काठमाडौं, १ भदौ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

    हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरेका छन् । हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उहाँसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार