नेपालको राष्ट्रिय झण्डा जलाउने मुख्य योजनाकारसहित ९ जना पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३, २०७७

  • काठमाडौं, २ भदौ । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडिओ बनाउने ग्याल्जेन दोर्जे तामाङ सहित अन्य ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसको पुष्टि गरेको हो ।

    ग्याल्जेनलाई स्वयम्भुको भगवान पाउबाट प्रहरीले पक्राउ गरेको हो । ग्याल्जेनको समुहले युट्युबमा देशद्रोही शिर्षकको भिडिओ अपलोड गरेको थियो । यस भिडिओमा झण्डा जलाइएको दृश्य राखिएको थियो । मुख्य आरोप ग्याल्जेन मंगोलियन ग्रुपका सदस्य हुन् ।
    पक्राउ पर्नेहरुमा लावाङ तामाङ, चलाकमान तामाङ प्रयास, अनोज कुमार तितुङ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ संजय, कमलबहादुर लामा, अरुणा थामी लगायत ९ जना रहेका छन् ।

    मंगोल हप अफिसियल च्यानलमा अपलोड गरिएको यो भिडिओमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य राखिएको थियो । र, क्षेत्री, बाहुनलाई देशद्रोही भनिएको थियो । पछिल्लो यो गीत सर्बाधिक डिस्लाइक्स पाउने गीतभित्र परेको छ ।

    मुलुकी अपराध संहिता २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको भावनामा आघात पुर्‍याउन पाइँदैन । त्यस्तै राष्टिय झण्डाको अपमान वा क्षति गरेमा तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार