पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ को मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ६, २०७७

  • काठमाडौ, ५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एकरएक जनाको मृत्यु भएको बताए।

    यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक जना संक्रमितको मृत्यु भएको उनले बताए। योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ।

    आज ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन। २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जना संक्रमित थपिएका हुन। आज काठमाडौं १ सय ४२, भत्तपुर १५ र ललितपुर २५ जना संक्रमित भेटिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार