होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ८, २०७७

  • पोखरा, ८ भदौ । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका सङ्क्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पे­आइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताउनुभयाे ।

    उहाँका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उहाँले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जानकारी दिनुभयो । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको रू एक हजारदेखि रू दुई हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताउनुभयो ।

    पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नसिर्ङ्ग होम, लेकसिटी ब्लक बी र ¥यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चार क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् । महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका २४ होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालन गरेकाे छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई भेन्टिलेटर र ११ आइसियु शै्या छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ छ । गण्डकीमा ८३० क्वारेन्टिन छन् भने २६१ आइसोलेशन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार