दर्शकको मन जित्दै पत्रकार रामजी ज्ञवालीको दोस्रो छोटो चलचित्र ‘डार्क मुन’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ८, २०७७

  • काठमाडौं, ८ भदौ । पत्रकार रामजी ज्ञवालीले छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरेका छन् । यो चलचित्र सडक वालवालिकाको मनोविज्ञानमा आधारित छ ।

    ‘डार्क मुन’ मा अभिभावकहरूले वेवास्ता गरेपछि माया, ममता, स्याहार, सुसार नपाएपछि वालवालिका सडकमा पुग्छन् । सबैभन्दा भरपर्दो, महत्वपूर्ण कुरा भनेको आफ्नै घर हो भन्ने सन्देश दिन खोजिएको छ । कथाको अन्त्य एउटा मीठो गीतसँगै गरिएको छ । जसको शब्द निर्देशक ज्ञवालीले सिर्जना गरेका हुन् । ७ मिनेट ३९ सेकेन्डको यो छोटो चलचित्र हेरिरहँदा छिट्टै सकिएको भान हुन्छ । दर्शकहरूलाई थप कथा हेर्ने हुट्हुटी जाग्छ ।

    गत शनिबार द सेलिब्रिटी टाइम्स  युट्युव च्यानलमार्फत यो छोटो चलचित्र सार्वजनिक गरिएको हो ।

    पत्रकार ज्ञवालीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । ‘डार्क मुन’ मा वालकलाकार क्रिजन गौतम, साहिल खान, सूर्या थापाले शिर्ष भूमिका निभाएका छन् । यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको पनि यसमा अभिनय रहेको छ ।

    भिडिओ –

    प्रतिक्रिया
    सम्बन्धित समाचार