काठमाडौं उपत्यकामा एकैदिन थपिए २ सय ३२ कोरोना संक्रमित


  • Frontline Nepal

काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन् । उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

सोमबार मात्रै काठमाडौं उपत्यकामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट