कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • रुपन्देही, १५ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

    यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार