रुबि मैनाली
हिजो जस्तै लाग्छ तिमीले ‘हाइ’ भन्दा म नि:शब्द बनेको दिन
अचानक भेट्दा बेचैन भै मुटु धड्केको त्यो क्षण
वल्लो छेउ र पल्लो छेउ अनि चुम्बकले झैं तानिएका ति नयन
तिमीले पुलुक्क हेर्दा तातो चियाको चुस्किले मेरो जिब्रो खुइलिएको त्यो क्षण
थाहै नपाई मायाको विरुवा पहिलो नजरमै रोपिईसकेछन्
मनमनै हुर्किन थालेछन् सपनाहरु
न तिमीले टाढा सम्झियौ न मैले नै सम्झिएँ
साच्चै महल बनाउन थालिसकेछन् चाहनाहरू
मीठा-मीठा यादहरुको पोको बनाई
सजाईसकेको छु दिलको हरेक कुनामा
माया पनि हुन्छ र भन्दै मजाक गर्ने
म सोझि पनि भुसुक्कै फसेछु तिम्रो जादु टुनामा
मौन बस्दा पनि मुस्कुराउँदो रहेछु तिमीलाई सम्झिदाखेरी
वरीपरीका हाँसिदिन्छन् मलाई हेरी छक्क परी
कसरी भनौं तिमी र मबिच केही छैन भनि
कसैलाई भन्दिन म अरुले आँखा लगाउँछन् फेरी ।