ट्रेन्डिङमा पासाङ शेर्पाको ‘सयौं डाँडा काट्दै आएँ’


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १६, २०७७

  • काठमाडौं, १६ भदौ । गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ ट्रेन्डिङमा परेको छ । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका शेर्पाले यस गीतमा परदेशिएका व्यक्तिहरुको कथा समेटेका छन् ।

    यस गीतमा नेपाल आइडल २ का उपविजेता बिक्रम बरालले स्वर भरेका छन् भने हरि लम्सालले संगीत भरेका छन् । रिकेश गुरूङको एरेन्ज, राजबाबु चौधरी र अजय कार्की रेकर्डिस्ट रहेको यो गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

    चर्चित गीत सुन साईंलीमा अभिनय गरेका गौरव पहाडी र नायिका वर्षा राउतको अभिनय यस गीतको भिडिओमा देख्न सकिन्छ । कामको खोजीमा परदेशिएका नेपालीहरूको दु:ख, पीडा र संघर्षलाई गीतमा उतारिएको छ । अपलोड गरिएको केही समयभित्रै नेपालमा पासाङ शेर्पाको ‘सयौं डाँडा काट्दै आएँ ‘  युट्युवमा ट्रेन्डिङमा परिसकेको छ । शेर्पाले लेखेका गीतहरू यसअघि पनि अत्यधिक रूचाइएका थिए ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार