गायिका शुसीला गौतमको तीज कोशेली ‘रातो भाले’ बजारमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २०, २०७५

  • काठमाडौं, असार २० – चर्चित गायिका शुसीला गौतमले तीज कोशेली ‘रातो भाले’ बजारमा ल्याएकी छिन् । केहि साता अघि आफ्नै शब्द तथा स्वरमा गफ लायो सोल्टिले सार्बजनिक गरेकी थिईन् ।

    चर्चित गायक खुमन अधिकारीले सुशिलालाई आवाजमा साथ दिएका छन् । गायिका शुसिलालाको शब्द सिर्जनामा तयार भएको यो तिज भाकामा लय खुमनको रहेको छ । सुशीला गौतमले आफ्नै नाममा रहेको युट्युब च्यानलबाट यो गीतको भिडियो सार्बजनिक गरेकी हुन् ।

    बिक्रम चौहानले निर्देशन गरेको यो गितमा निकै चर्चामा रहेको प्रकाश सपूत र रिना थापाको अभिनय रहेको छ भने यस गितको छायांकन प्रकाश खड्काले गरेका हुन् । मिलन बिकले गितको सम्पादन गरेका हुन् ।

     

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार