मलेसियामा एक नेपालीलाई मृत्युदण्डको फैसला


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २२, २०७७

  • काठमाडौँ, २२ भदौ । मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्ड दिने फैसला गरेको छ । मलेसियाको उच्च अदालतले यस्तो निर्णय गरेको हो ।

    तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर। हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट १७ तारिखमा मृत्युदण्डको फैसला गसुनाएको हो ।
    तेलीको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा नेपाली दूतावासले पुनरावेदन गरिसकेको छ । हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए ।

    सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । तेली मलेसिया भाषामा दख्खल राख्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार