युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २९, २०७७

  • सिन्धुली, २९ भदौ । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्ने छन् । सो ऋण सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गरे ।

    दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नु परेको युवालाई लक्षित गरी सरल व्यवसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिए । उनले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेकोे व्यवसायबारे आवेदन माग गर्ने र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताए ।

    नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाकोे सिफारिसका आधारमा बैङ्कले ऋणीलाई रु पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार