काठमाडौं, १ अशोज । आजबाट (असोज १) देखि लामो दूरीका यातायात चल्ने भएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी चल्न दिने निर्णय गरेसंगै आजदेखि लामो दूरीका यातायात चल्ने भएका हुन् ।
बुधबार यातायात व्यवसायी, मजदूर युनियन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफलपछि व्यवसायीहरु लामो दूरीका बस चलाउन तयार भएका हुन् । यातायात व्यवस्था विभागलाई स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा मापदण्ड बनाउन मन्त्रालयले जिम्मा दिएको छ ।
आन्तरिक उडान असोज ५ गतेबाट सञ्चालन हुने भएको छ । सरकारले ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने निर्णय गरेको छ । व्यवसायीले यस्तो सरकारको यस नियमको बिरोध गरेका छन् । नत्र उडान नगर्ने व्यवसायीले अडान छ ।