चर्चित गायिका आनी छोइङ डोल्माले नेपालमा तुईन विस्थापनका लागि प्रधानमन्त्री के.पी. ओलीलाई व्यक्तिगत तर्फबाट एक करोड रुपैंया सहयोग प्रदान गरेकी छिन् । बुधवार प्रसारित कार्यक्रम “जनतासँग प्रधानमन्त्री” मार्फत उनले यस्तो सहयोगको घोषणा गरेकी हुन् । साथै यस टेलिभिजन कार्यक्रमका सञ्चालक मनोज राज पाण्डेले व्यक्तिगत तर्फबाट ५० हजार रुपैंया सहयोग प्रदान गर्ने वचन गरेका छन् ।प्रधानमन्त्री ओलीले पनि आफ्नो एक महिनाको तलब तुईन बिस्थापन कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
आजै (साउन २) बाट “जनतासँग प्रधानमन्त्री” कार्यक्रम प्रशारण सुरु भएको हो । यो कार्यक्रम ४ वटा टेलिभिजनबाट प्रशारण भइरहेको छ । आजको पहिलो अंक तुईन बिशेष रहेको थियो ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    