उल्टो मोटरसाइकल चलाएर विश्व किर्तिमानी राखेका चित्रकुमार कार्कीले राखे अर्को रेकर्ड


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज २६, २०७७

  • काठमाडौं, २६ अशोज । मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर ‘गिनिज वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल चित्रकुमार कार्कीले अर्को विधामा पनि रेकर्ड राखेका छन् । कार्कीले ३० सेकेण्डको ‘अल्टरनेट हिट्स विथ् अ टेनिस र्‍याकेट्’ शीर्षकमा नयाँ रेकर्ड राखेका हुन् ।

    वल्र्ड रेकर्ड फाउण्डेसनको नेपालस्थित केन्द्रिय कार्यालय ललितपुरमा आइतबार आयोजित विशेष कार्यक्रमबीच कार्कीले रेकर्ड कायम गरेका हुन् । १ सय २ पटक अल्टरनेट हिट्स गर्दै कार्कीले विश्व किर्तिमानी राखेका हुन् । अमेरिकी नागरिकले राखेको रेकर्डलाई कार्कीले तोडेका हुन् । यसअघि अमेरिकी नागरिकले ३० सेकेन्डमा ९७ पटक टेनिस हिट्स गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार