मुकुन र बेनिशाको मुख्य भूमिकामा चलचित्र ‘भाँडाकुटी’ को घोषणा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ३, २०७७

  • काठमाडौँ, १ कात्तिक– कलाकार मुकुन भुषाल र बेनिशा हमालको मुख्य भूमिकामा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ को घोषणा भएको छ। दृष्यमाला सिनेमा प्रालिको व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई किरण विकले निर्देशन गर्दैछन्। चलचित्रको लेखक किरण विकले नै गरेका छन् भने कलम खड्काले चलचित्रको निर्माण गर्दैछन्। चलचित्र निर्माणको घोषणा घटस्थापनामा भएपनि चलचित्र फागुनबाट मात्रै छायाँकन हुनेछ। यो चलचित्रलाई निशल पौडेलले खिच्नेछन्। चलचित्रमा राज कुमार दर्जीको कोरियोग्राफी अनि भीम विकको सम्पादन रहनेछ। चलचित्र १ करोडको लगानीमा निर्माण हुन लागेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार